सालका पात टिपी टपरी गाँस्न मन लाग्यो
जोई पोई दुवै सँगै वसी हाँस्न मन लाग्यो
छटपटि र एकलतामानै कयौं विते रातहरु
पण्डित खोजी अव पिरती गाँस्न मन लाग्यो
पीडै पिडामा कति भुलाउ जीवन यो शहरमा
अग्नीसाक्षी राखी लगनगाँठो कँस्न मन लाग्यो
आँखा छलीछली कति रमाउने माया पिरतीमा
दुनियाले देख्ने गरी छातीमा टाँस्न मन लाग्यो
---> रवि.
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें